गण्डकी प्रदेशको पहिलो ISO Certified सिभिल ल्याबको १ बर्ष पुरा
पोखरा, असोज १। गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटक , ISO 9001:2015 Material Testing civil ल्याब संचालन आएको आज १ बर्ष पूरा भएको छ । अन्नपूर्ण टेक्नो सोलुसन्स प्रा लि . नामक उक्त ल्याब २०७८ आश्विन १ गते देखि सन्चालन मा आएको थियो । उक्त ल्याबमा माटो परिक्षण का साथ साथै विभिन्न भौतिक निर्माणमा प्रयोग हुने सम्पुर्ण सामाग्रीहरु जस्तै सिमेन्ट , डन्डी , गिट्टी , बालुवा , इट्टा लगाएतका सामाग्रीको परिक्षण हुने गरेको छ । गण्डकीको सेरोफेरोमा रहेका केही सिभिल इन्जिनियरहरु मिलेर सन्चालनमा ल्याएको उक्त ल्याबको मुख्य कार्यलय पोखरा ०८ बगाले टोलमा रहेको छ । कम्पनी रजिस्ट्रार कार्यलय हुदै कर कार्यलयमा दर्ता गरि गुणस्तर तथा नाप तौल बिभाग र पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस बाट मान्यता प्राप्त गरि उक्त ल्याब सन्चालन मा आएको सन्चालक ई. बिशाल बरालले बताए । अन्तर्राष्ट्रिय सस्था Iso बाट समेत स्वीकृत लिई गण्डकी प्रदेशमै पहिलो पटक ISO 9001:2015 certified ल्याब सन्चा...