गण्डकी प्रदेशको पहिलो ISO Certified सिभिल ल्याबको १ बर्ष पुरा

पोखरा, असोज १। गण्डकी प्रदेशको राजधानी  पोखरामा पहिलो  पटक , ISO 9001:2015 Material  Testing civil ल्याब संचालन आएको आज १ बर्ष पूरा भएको छ । अन्नपूर्ण टेक्नो सोलुसन्स प्रा लि . नामक उक्त ल्याब  २०७८ आश्विन १ गते देखि सन्चालन मा आएको थियो । उक्त ल्याबमा माटो परिक्षण का साथ साथै विभिन्न भौतिक  निर्माणमा प्रयोग  हुने सम्पुर्ण सामाग्रीहरु जस्तै सिमेन्ट , डन्डी , गिट्टी , बालुवा , इट्टा  लगाएतका सामाग्रीको परिक्षण  हुने गरेको छ । गण्डकीको सेरोफेरोमा रहेका  केही सिभिल  इन्जिनियरहरु मिलेर सन्चालनमा ल्याएको  उक्त ल्याबको मुख्य  कार्यलय पोखरा ०८ बगाले टोलमा रहेको छ । कम्पनी रजिस्ट्रार  कार्यलय हुदै कर कार्यलयमा दर्ता गरि गुणस्तर  तथा नाप तौल बिभाग  र पुल्चोक  इन्जिनियरिङ्ग क्याम्पस बाट मान्यता  प्राप्त गरि उक्त  ल्याब सन्चालन मा आएको सन्चालक ई. बिशाल  बरालले  बताए । अन्तर्राष्ट्रिय  सस्था Iso बाट समेत स्वीकृत  लिई गण्डकी  प्रदेशमै पहिलो पटक ISO 9001:2015 certified   ल्याब सन्चालनमा आएको थियो।  

 निर्माण  सामाग्री  हुने कम  गुणस्तर युक्त सामानको प्रयोगका कारणले विभिन्न  ठाउँमा समस्या  आइरहेकाले  बेला उक्त  समस्यालाई न्यूनीकरण  गरि ग्राहकलाई सस्तो र गुणस्तरीय  सेवा  दिई  ल्याब सन्चालनमा आईरहेको संचालक  ई. निरोज लामिछानेले बताएका छन ।गण्डकीको सेरोफेरोमा रहेर तत्कालाई गण्डकीको राजधानी पोखरा बाटै सेवा दिई राखेको र निकट  भविस्यमा  गण्डकी प्रदेशका  अन्य जिल्लामा समेत शाखा संचालन मा ल्याउने गरि तयारी  भैरहेको छ उनले भने। आम सर्व साधारणले  पनि आफ्ना निजि निवास  एबम विभिन्न सम्रचना निर्माण  गर्दा निर्माण  सामाग्री को गुणस्तर  तिर खासै चासो नदिने  र   सरोकार  निकायबाट पनि  यस बिषय लाई खासै महत्त्व नदिने हो भने नेपाल  जस्तो भुकम्प जोखिम क्षेत्रमा  यसले नकारात्मक  असर पार्ने  भन्दै , आम सर्वसाधारण माझ यो  बिषयललाइ बुझाउनु पर्ने कुरा औल्याएका छन ।

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)