ने बि संघ पोखरी बिश्वबिधालय को रिले अनसन को आज १२ औं दिन


१९ श्रावण पोखरा । पोखरा  विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको पद पूर्तिको माग गर्दै नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसन अझै जारी रहेको छ । अनसनको आज १२ दिन पुरा भएको छ । १२ दिन सम्ममा नेपाल विद्यार्थी संघका ५० बढी विद्यार्थीहरु अनसन बसीसकेका छन् ।

विश्वविद्यालय नेतृत्वविहीन भएपछि पठनपाठनमा समस्या भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने उनीहरुको माग छ । विगत १० महिनायता उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको पठनपाठनले गति लिन नसकेको रिले अनसनमा बसीरहेका नेबिसंघ पोखरा विश्वविद्यालय का  जुझारु  नेता राजन भण्डारीले बताउनुभयो । आफुहरुले बाध्य भएर अनसन बस्नुपरेको उहाँको भनाई छ ।

नेबिसंघको यो अनसनमा विभिन्न संघसंस्था र संगठनहरुले ऐकेवद्धता जनाएका छन् । केहि दिन अघि मात्रै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी पुर्व मन्त्री यत्रबहादुर थापा सहित कास्की काँग्रेसले पनि अनसनमा ऐकेवद्धता जनाएको छ ।

उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको सभा, शिक्षक नियुक्ती, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत काम प्रभावित भएको छ । जिम्मेवार पदाधिकारी नहुँदा विश्वविद्यालयमा अध्ययनरत ४० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

सन् १९९६ मा स्थापित विश्वविद्यालयका चार आंगिक र देशभर ५५ वटाभन्दा बढी सम्बन्धन प्राप्त कलेज छन् ।

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)