पोखरा बिश्वबिधालय का बिद्यार्थी अमन केसि ले लेखे नेपाल सरकारलाई खुला पत्र
३१ जेष्ठ पोखरा।
नेपाल सरकारलाई खुल्ला पत्र
सम्माननीय प्रधानमन्त्री ज्यु र माननीय शिक्षा मन्त्री ज्यु ,
नेपालको गण्डकी प्रदेशमा एउटा बिश्वबिद्धालय छ ,पोखरा बिश्वबिद्धालय जुन चै नेपाल कै दोस्रो ठुलो बिश्वबिद्धालयको रुपमा चिनिन्छ र तपाईंहरु क्रमश यहाको कुलपति र सहकुलपति हुनुहुन्छ । कामको शिलशीलामा र कार्य व्यस्तताले गर्दा बिर्सनु भयो होला स्मरण गराउन चाहे । अभ यहा त हजुरहरु आउने कुरा भएन र हजुरहरुले नभ्याउने कारणले र बिश्वबिद्धालयलाई चलाउन उपकुलपति र रजिस्ट्रार भन्ने पद बनाउनु भएको छ । तर यो पदहरु चाहिँ ९ महिना देखि रित्तो छ र म जस्ता हजारौं बिद्यार्थी तुहुरा बन्न पुगेका छौ र येति मात्र नभएर बिश्वबिद्धालयका शैक्षिक र प्रशासनिक कामहरु रोकेका छन । धेरै विज्ञप्तिहरु आए प्राध्यापक संघ, कर्मचारी संघ र विद्यार्थी संघहरुको त्यो तपाईं सम्म पुग्यो कि नाइ मलाई थाहा भएन तर पुगे पनि हजुरहरुले वास्थ नगरेको जस्तो मलाई लाग्यो । अझै पनि हजुरहरुले ढिलो गर्नु भयो भने हजुरहरुलाई बिद्यार्थीहरुले अवश्य मुल्यांकन गर्छन र तपाईंहरुलाई थाहा नै छ विद्यार्थी एकता र विद्यार्थी आन्दोलनको शक्ति । अन्तत म हजुरहरुलाई विनम्र अनुरोध गर्दछु कि छिटो भन्दा छिटो उपकुलपति रजिस्ट्रार लगायत महत्त्वपूर्ण पदहरु नियुक्ति गर्नुहोस र बिद्यार्थी र देशको भविष्य माथी गुन गर्दिनु होस ।
अमन के.सी
पब्लिक हेअल्थ , दोस्रो बर्ष
पोखरा बिश्वबिद्धालय


Comments
Post a Comment