वि.पि. कोइरालाको ३८औं स्मृति दिवसको अवसरमा ने बि संघ कास्कीद्वारा दिप प्रज्जवलन कार्यक्रम !!



वि.पि. कोइरालाको ३८औं स्मृति दिवसको अवसरमा ने बि संघ कास्कीद्वारा आयोजित दिप प्रज्जलन कार्यक्रम सम्पन्न गरेको छ । ने बि संघ कास्की निबर्तमान अध्यक्ष बिकास थापा को अध्यक्षता मा भएको कार्यक्रम पोखरा चिपलेढुङ्गा मा अबस्थित बि. पि पार्क मा दिप प्रज्वलन गरि सम्पन्न गरिएको थियो ।
 कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कास्की का सभापती कृष्ण के सि , त्यस्तै बिशिस्ट अतिथि मा कास्की काङ्ग्रेस कोषाध्यक्ष लक्ष्मी पाण्डे , तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ हुनु हुन्थियो भने ने बि संघ नि बर्तमान सदस्य हरु भानु ढकाल , गोपाल गुरुङ , ने बि संघ निबर्तमान सचिब संघर्श कोइराला , ने बि संघ जनपृय क्याम्पस स्वबियु सभापती आसिक गुरुङ , ने बि संघ जनपृय क्याम्पस स्वबियु उपसभापति किसान थापा, ने बि संघ पर्बत पोखरा सम्पर्क समिति अध्यक्ष नवीन पैडेल ,ने बि संघ पृथ्वीनारायण क्याम्पस अध्यक्ष दिपक शर्मा , पोखरा इन्जिनियरिङ क्याम्पस सभापति टेनिस श्रेष्ठ , नेबि संघ पोखरा बिश्व बिधालय नेता गोपि तिवारी ,डिफान भुजेल , राजिब भन्डारी , ने बि संघ अमरसिंह क्यामपस इकाइ सभापती दिबस शर्मा उपाध्यक्ष दिपिका भण्डारी लगाएतका थुप्रै नेता कार्यक्रता हरु को बाक्लो उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस पार्टी सभापति कृष्ण केसि ले बि पि कोइराला का महत्वोपुर्ण योगदान लाई सम्झदै उहाँका महत्वपूर्ण वाणी हरु लाई हामी कार्यन्वयन गर्नु पर्ने कुरा औल्याउँदै ने बि संघ कास्कीले आगामी दिनमा पनि एस्ता कार्यक्रम गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए । 
त्यस्तै कार्यक्रमका सभापति बिकास थापाले आउदो १४ औं महाधिवेशन एकाताको महाधिवेशन हुनु पर्ने र हामी सबैले त्यस कुरामा प्रण गर्नु पर्नेमा जोड दिदै कार्यक्रममा उपस्तिथि सबैलाई धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रम सन्चालन ने बि संघ कास्की का नेता निरोज लामिछानेले गरेका थिए ।





Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)