गोर्खाली ब्लास्टर्सको पहिलो खेलमानै उत्कृष्ट प्रदशनी।



१० चैत्र, पोखरा । पोखरा रंगशालामा जारी पि यु सि एल सिजन ४ मा आज भएको गोर्खालि ब्लास्टर्स र पि यु रेड वारिएर्स बिचको दोस्रो खेलमा गोर्खाली ब्लास्टर्सले शान्दार जित निकाल्दै २ पोइन्ट लिएको छ। 

ब्लास्टर्सले पहिलो इनिन्ङ्समा बलिङ्ग गरेको थियो। निकै उत्कृष्ट बलिङ्ग देखाएको ब्लास्टर्सको लागि अभिषेक थापाले ३ ओभरमा  २ विकेट ,बिबश बडालले ४ ओभरमा २ विकेट, सुबोध ढुङेलले १ ओभरमा २ विकेट लिएका थिए भने बलिङ्ग गर्ने क्रममानै बिपक्षी तर्फका उत्कृष्ट खेलाडीका रुपमा लिइएका कुशल मल्ललाई कृष्ण कार्किले १ रनमै बोल्ड आउट गरेका थिए। बलिङ्गमा हावी देखिएको ब्लास्टर्सले रेड वारिएर्सको पुरै टिमलाइनै ९५ रनमै अल आउट गर्दिएको थियो। ९६ रनको टार्गेट लिएर ब्याटिङ गर्न छिरेको ब्लास्टर्स सुरु देखिनै आक्रमक रुपमा प्रस्तुत भयो। आक्रमक खेल खेल्दै गर्दा छिट्टै एउटा विकेट गुमाएको गोर्खालीले  त्यस पछिको खेलमा भने लए लिएको थियो। इम्पाक्ट प्लेयरका रुपमा रहेका बिपिन रावालले उत्कृष्ट ब्याटिङ गर्दै ४९ रन बनाएका थिए भने प्रदेश खेलाडीको रुपमा रहेका अभिषेक थापाले ४० रन बनाएका थिए। ९६ रनको टार्गेट गोर्खाली ब्लास्टर्सले १ विकेट गुमाएर १२ ओभरमै पुरा गरेर सहज जित हात पारेको छ।

 आजको खेलका बारेमा टिम कोच रिजन प्रजुलाई हामिले सोध्दा, ट्रेनिङमा सिकाइएका सानो सानो कुरालाई खेलाडीले खेलमा अपनाएको देख्दा निकै खुशी रहेको भन्दै राष्टीय खेलाडीहरु सङ्ग युनिभर्सिटीका खेलाडीले खेलेको येस्तो खेलले क्रीकेटको प्रगतिमा महच्वपुर्ण भुमिका खेल्ने कुरा बताउनु भयो। त्यस्तै गरि अभिषेक थापाले म्यान अफ द म्याचको ट्रफी र नगद पुरस्कार पनि पाएका छन। 

सम्पुर्ण टिमको उत्कृष्ट प्रदशनको बावजुत जित सहज भएको बताउदै टिमका अरु उत्कृष्ट खेलाडीहरु सङ्ग आफू जोडिएकोमा निकै खुशी भएको बताए।

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)