लेखनाथमा लियो र सृजनशिल युवा क्लबको कोरोना लक्षित संयुक्त कार्यक्रम !
१८ भाद्र पोखरा । कोरोना को कारणले नेपाल नै आक्रन्त भैरहेको बेला र पोखरामा बढ्दै गईरहेको कोरोना लाई मध्यनजर गरि लियो क्लव अफ लेखनाथ तथा सृजनशिल युवा क्लवको संयुक्त आयोजनामा लेखनाथमा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।
लेखनाथका मुख्य क्षेत्र तालचोक तथा अर्घौचोकमा आज विहान करिव २ घन्टा मास्क नलगाएका व्यक्ती हरुलाई मास्कको महत्त्व बारे बुझाई मास्क वितरण गरि जनचेतना मुलक पोस्टर टासिएको सृजनशिल युबा क्लब का अध्यक्ष निरोज लामिछाने ले बताए । सामाजिक दुरि कायम गरि सुरक्षित रुपमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित हुनुभएकोमा लियो जिल्ला परिषद ३२५बि १ नेपालका अध्यक्ष लियो आदर्श मोहन भट्टराई, निवर्तमान जिल्ला अध्यक्ष लियो विनायक पौडेल, लायन्स क्लव अफ लेखनाथका अध्यक्ष लायन शंकर पौडेल , जिल्ला सचिव लियो समीर बराल, लियो क्लव अफ लेखनाथका निवर्तमान अध्यक्ष तथा रिजन संयोजक लियो राजन बाबू ढुंगाना, सृजनशिल युवा क्लव का उपाध्यक्ष रोशन लामिछाने पुर्ब उपाध्यक्ष संकल्प सापकोटा, पुर्ब अध्यक्ष एवं लियो कल्ब अफ लेखनाथका सचिब महेश अधिकारी तथा लियो क्लव अफ लेखनाथ र सृजनशिल युवा क्लवका उपस्थिति सम्पुर्ण पदाधिकारी तथा सदस्य प्रति धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता कार्यक्रम गर्ने लियो क्लब अफ लेखनाथ का अध्यक्ष आदर्श लामिछानेले बताए ।
त्यस्तै कार्यक्रम सफल बनाउन हर तवरले साथ सहयोग गर्नुभएकोमा ईलाका प्रहरी कार्यालय डाडाकोनाक का अ स ई राम कृष्ण गैली लगायत सम्पुर्ण सुरक्षाकर्मी हरुमा अध्यक्ष द्वयले हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि स्थानीय सुरक्षाकर्मी सङ सहकार्य गरि सामाजिक रुपान्तरणका कार्यक्रममा अगाडि बढ्ने बताए।

Comments
Post a Comment