ने बि संघ कास्की द्वारा PABSON र NPABSON कास्की अध्यक्षलाई ज्ञापन पत्र
९ आषाढ पोखरा । नेपाली विद्यार्थी संघ कास्की द्वारा कोरोना प्रकोपका कारण बन्द रहेका शैक्षिक संस्था सुचारू नभएसम्म अवधिको कुनै पनि प्रकारको शुल्क नतिर्न अभिभावकहरूलाई आग्रह गर्दौ र कुनै पनि बहानामा कुनै पनि शैक्षिक संस्थालाई शुल्क नऊठाऊन अनुरोध सहित PABSON र NPABSON कास्की अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ।
नेपाल विद्यार्थी संघ कास्की का निबर्तमान अध्यक्ष बिकास थापा द्वारा हास्ताक्षर गरिएको बिज्ञपति मा निजी विद्यालय सञ्चालकहरूलाई लकडाउनको अवधिमा कुनै शुल्क नलिन र लिएको शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएका छन ।
व्याब्सन र एनप्याब्सनले विगत ३ महिनादेखि बन्द रहेको विद्यालयहरूले यसबीचको शुल्क चुक्ता गर्न अभिभावकहरूलाई गरेको अपील हास्यास्पद र भत्सर्नायोग्य रहेको अध्यक्ष थापाले बताएका बताएका छन्।
व्याब्सन र एनप्याब्सनका अध्यक्ष लाई बिज्ञपति बुझाउने कार्यक्रममा ने बि संघ कास्की जिल्ला निबर्तमान सचीव संघर्श कोइराला , ने बि संघ कास्की का नेता हरु सागर रानाभाट निरोज लामिछाने ,टेनिस श्रेष्ठ ,राजिब भन्डारी, राजन भन्डारी, फिरोज सुबेदि , बिपिन पौडेल, सरस्वत न्यौपाने लगाएतको उपस्तिथि रहेको थियो ।
कार्यक्रम पछि ने बि संघ कास्की जिल्ला निबर्तमान सचीव संघर्श कोइरालाले शिक्षा मन्त्रालयले २०७७ वैशाख २२ गते अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्नु, नगराउनु र भर्नाका नाममा वा अनलाइन पठनपाठका नाममा कुनै शुल्क लिने वा बैङ्क खातामा रकम जम्मा गर्न लाउने कार्य नगर्नु भनेर प्रष्ट निर्देशन दिदादिदै पनि प्याब्सन र नेशनल प्याब्सनले यसरी खुला अपिल जारी गरेर अभिभावकलाई शुल्क बुझाउन भन्दापनि शिक्षा मन्त्रालय र नेपाल सरकारले हेरेर बसिरहेका ले आज नेपाली विद्यार्थीहरू अचम्भित भएको बताएका छन ।विद्याथीका अभिभावकहरूसँग शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्न असुल्ने कुरा नेवि संघलाई कुनै हालतमा मान्य नहुने कुरा प्रष्ट पार्दै कुनै पनि बहानामा शुल्क ऊठाऊन खोजेमा चरण बद्द आन्दोलनमा जाने चेतावनी दिएका छन !!


Comments
Post a Comment