२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित
पोखरा, २५ भाद्ग। गोर्खा जिल्ला घर भै ब्यबसाय, शिक्षा, पेसा वा विभिन्न कारणले पोखरामा बस्दै आएका गोर्खालीहरुको साझा संस्थाको रुपमा रहेको गोर्खा मिलन समाजले आज आफ्नो २३ औं साधरणसभा र १२ औं अधिवेशन सम्पन्न गरेको छ। २०५६ सालमा गोर्खालीहरुको भाइचारा र आपसी सहयोगको लागि स्थापना भएको यो संस्थाले पोखरामा रहेका गोर्खालीको लागि सधैं दिन रात तत्पर रहेर सहयोग गर्दै अघि बढेको छ। पोखरा रास्ट्र बैंक चोक स्थित मझेरी फुड्ल्यान्डमा भएको अधिवेशनको अध्यक्षता कपिल पोखरेलले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश उर्जा तथा जलश्रोत मन्त्री माननीय हरिशरण आचर्यज्युको उपस्तिथि थियो।१२ औ अधिवेसनले एतिहासिक कार्यसमिति निर्माण गरेको छ। संस्था निर्माणको २४ औं बर्शमा पहिलो पटक गोर्खा मिलन समाजको नेतृत्व महिलाको हात परेको छ। १२औं अधिवेशनले गोर्खा मिलन समाजको अध्यक्षमा कोपिला श्रेष्ठको टिमलाई सर्वसहम्मत निर्वाचित गरेको छ। कार्यक्रम संचालन कार्यसमिति महासचिव अग्रिम श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रममा अध्यक्ष कपिल पोखरेल, महासचिव अग्रिम श्रेष्ठ र कोषअध्यक्ष शितल श्रेष्ठले आफ्नो प्रतिवेदन पेस गरेका थिए ...


Comments
Post a Comment