सिडेन गण्डकि प्रदेश द्वारा विभिन्न कार्यक्रम गरि ५८ औ इन्जिनियर डे सम्पन्न





३ श्रावण पोखरा। सिडेन गण्डकी प्रदेश द्वारा ५८ औ इन्जिनियर दिबसको अबसर पारेर बिभिन्न कार्यक्रम गरि भब्यताका साथ कार्यक्रम सम्पन्न  भएको छ ।
सदाका बर्ष जस्तै यस बर्ष पनि सामाजिक उत्तरदायीत्व बहन गर्दै एउटा सामुदायिक प्राथमिक बिद्ध्यालय र एउटा मन्दिरमा सिडेन गण्डकीले रंग तथा सरसफाई सामग्री वितरण गरेको छ । श्री चण्डिका प्राथमिक बिद्ध्यालय, पोखरा-१६ र पोखरा-३१पचभैयामा अबस्थित श्री गोरखनाथ मन्दिर मा उक्त सामग्री बितरण गरिएको थियो। गण्डकी प्रदेश सभा सदस्य मा. कुमार खड्काको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा सिडेन गण्डकी प्रदेश सभापति इ. सुरेन्द्र पाण्डे , सचिव इ. सन्तोष जि सि , कोषाध्यक्ष इ. अबित केसि , NEA पोखरा च्याप्टर का पुर्ब अध्यक्ष इ. बृजेन्द्र के सि, इ. रमेश बास्तोला, इ . राजेश भट्टराई र कार्यसमितिका सदस्य लगाएत धेरै इन्जिनियर को उपस्तिथि रहेको थियो । 

५८ औ ईन्जिनियर दिवसको अवसरमा समस्त इन्जिनियरिङ समुदायमा शुभकामना व्यक्त गर्दै ईन्जिनियरिङ पेशाको मर्यादा कायम राख्दै आफूसँग रहेको ज्ञान शिपको सहि सदुपयोग गरी देशको बिकास र समृद्धि र आम नेपालीजनको खुशहाली तर्फको अभियानलाई अझै धेरै फराकिलो र प्रविधि मैत्री बनाउदै जान हामी सबैलाई सफलता मिलोस भन्दै सभापति इ . सुरेन्द्र पाण्डे ले शुभकामना व्यक्त गरेका थिए र आउँदा दिनमा पनि समाजका हरेक सामाजिक काममा पनि सिडेन गण्डकि प्रदेश लाग्न तयार रहेको बताएका थिए।







Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)