पोखरा महानगरपालिका द्वारा खुलाइएको बिज्ञापनमा मा CDEN गण्डकी को ध्यानाकर्षण



पोखरा महानगरपालिकाद्वारा संचालित गण्डकी बहुप्रबिधिक शिक्षालयको संचालक समितिको २०७७/४/२७ को निर्णय अनुसार एकजना निर्देशक पदको लागि खुलाईएको आवस्यकता र सोको लागि दरखास्त दिने समय २०७७/४/२८ देखि २०७७/४/३० को छोटो समय प्रति सिडेन गण्डकि को ध्यान आकर्षित भएको छ | 

मुलुक कोरोना कहरले आक्रान्त भएको आम नेपालीको जनजीवन खतरामा रहेको र अघोषित बन्दाबन्दिको कारण सहज आवतजावतमा कठिनाई भैरहेको वर्तमान परिस्थितिमा प्रचलित नियम र चलन बिपरित खुल्ला प्रतिस्पर्धालाई सिमित पार्ने गरि एकदम छोटो दरखास्त दिने समय राखी निकालिएको आवश्यकता नियोजित रुपमा पूर्वनिर्धारित उमेदबारलाई भर्ना गर्ने नियतबश निकालिएको आवश्यकता हो भन्ने सिडेन गण्डकी आशंका रहेको कुरा सचिव इ सन्तोष जिसि ले बताए | 

पोखरा महानगरपालिका आफ्नै आन्तरिक व्यवस्थापनका कारण कमजोरीका घटना दिनहुँ सार्वजनिक भैरहेको र आम जनमानसलाई उचित जवाफ दिन नसकिरहेको वर्तमान परिप्रेक्ष्यमा फेरी आफ्नो निश्चित मान्छेहरुलाई विधिपूर्वक भर्ना गरेको नाटक गर्न खुलाईएको आवश्यकता आफैमा निन्दनीय कार्य हो यस्ता कार्यको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल , गण्डकी प्रदेश घोर भत्सर्ना गर्दै र तत्काल सो बिज्ञापन बन्द गरि तुरुन्त खुल्ला प्रतिष्पर्धा को ग्यारेन्टीका साथ आवश्यकता खुलाउन जोडदार माग गरेको छ |


Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)