एक गेम पनि नहारी क्वालिफाई भयो गोर्खाली ब्लास्टर्स
१२ चैत्र, पोखरा । पोखरा रंगशालामा जारी पि यु सि एल सिजन ४ मा आज भएको गोर्खालि ब्लास्टर्स र अन्नपूर्ण किङ्स बिचको दोस्रो खेलमा गोर्खाली ब्लास्टर्सले सहज जित निकाल्दै २ पोइन्ट जोडेको छ।
आजको खेल जितेर ब्लास्टर्स लिगकै ८ टोलि मद्य एक खेल पनि नहार्ने एक मात्र टिम बनेको छ ,यसो त गोर्खाली ब्लास्टर्स इलिमिनेटर खेल्ने पक्का भएको सबैभन्दा पहिलो टोलि पनि बनेको छ। २ खेलमा ४ पोइन्ट बनाएको ब्लास्टर्स सबै भन्दा बलियो टिम देखिएको छ। गोर्खाली ब्लास्टर्स हरेक खेल जित्नकै लागि खेलोको छ, खेलाडी र म्यानेजमेन्ट बिचको साझेदारी जितको मुलमन्त्र भएको टिमका अध्यक्ष टेनिस श्रेष्ठले बताए।
अझै एक खेल खेल्न बाकी भएको ब्लास्टर्स आफ्नो लिगको टेबल टपमा छ। भोलिको खेल भने उनिहरु मिठिलाल्चन वारिएर्स सङ्ग खेल्दै छन। लिगको अन्तिम खेल भएता पनि गोर्खालिले यो खेल बिना कुनै प्रेसर खेल्ने छन। भोलीको खेलको नतिजाले उनिहरुलाई खासै फरक नप्रर्ने देखिएको छ तर आफ्नो लागि सबै खेल उत्तिकै महच्वपुर्ण भएको बताउदै भोलि पनि सिङ्ग्रो टिमले आफ्नो उत्कृष्ट प्रदशन गर्ने लक्ष्य राखेको टिमका हेड कोच रिजन प्रजुले बताउनु भयो। आजको खेलमा ब्लास्टर्सले पहिलो इनिन्ङ्समा बलिङ्ग गरेको थियो। निकै उत्कृष्ट बलिङ्ग देखाएका ब्लास्टर्सका सुबोध ढुङेलले ४ ओभरमा जम्मा १० रन दिएर ४ विकेट लिएका थिए। ढुङेल आजको म्याचको म्यान अफ त म्याच भएका छन भने उन्ले ट्रफी र नगद पुरस्कार समेत पाएका छन। अन्नपूर्ण वारिएर्सको पुरै टिमलाई ७७ रनमा अल आउट गरेको ब्लास्टर्स ले मात्र १२.१ ओभरमै खेल सकेको थियो। ब्याटिङमा इम्प्याक्ट खेलाडीका रुपमा रहेका बिपिन रावलले पहिलो ओभरमानै २२ रन हाने पछि उनिहरुलाई जित निकै सहज भएको थियो। ब्लास्टर्स ब्याटिङ्ग र बलिङ्ग दुबैमा उत्तिकै खतरनाक देखिएको टिम हो।
खेल हेर्न आइपुगेका टिम ओनर संघर्ष कोइरलाले टिमका खेलाडी र कोचलाई बधाई दिदै आउने खेलमा अझै राम्रो प्रदशन गर्न हौसला दिएका थिए भने अर्का ओनर हेमन्त पाण्डेले खेल खेलाडीको मिहेनतले मात्रै नभइ सिङ्गो टिम सङ्ग जोडिएको कमिटीको सहकार्यले जितमा ठूलो भुमिका खेलेको बताउदै सबैलाई धन्यवाद पनि दिए।


Comments
Post a Comment