ने वि संघ पेकमा कर्यसमिती विस्तार
पोखरा इन्जिनिएरिङ्ग कलेज नेपाल विद्यार्थी संघ मुल इकाई समितिको कार्यसमिति विस्तार भएको छ। ने वि संघ को परिमार्जित बिधान २०७३ ले प्रदान गरेको सभापतिमा निहित हकको अधिकार प्रयोग गर्दै कार्यसमिति बिस्तार गरेका छन।१७ सदस्यीय इकाई रहि आएको इकाई कार्यसमितिमा १ सदस्य कलेजबाट निस्किएपछि १६ सदस्य बनेको थियो।
प्रथम बर्शमा आएका विद्यार्थी हरुलाई कार्यसमितिमा थप्दै सभापति टेनिस श्रेष्ठले नयाँ कार्यसमिति १९ सदस्यीय बनाएका हुन। हिजो मिति २०७७/०४/२८ गते इकाइका सहसचिव पदमा कैलाश चन्द्र बराल र सदस्य पदमा नम्रता लमसाल र रोहन बाहादुर बराल मनोनीत भएका हुन। मनोनीत भएका साथीहरुले संगठनमा थप उर्जा थप्ने र संगठन निर्माणमा महत्वोपुर्ण भुमिका खेल्नेमा आफू बिसव्स्त रहेको इकाइ सभापति टेनिस श्रेष्ठले बताए।

Comments
Post a Comment