जरुवा टोल बिकास सस्था अध्यक्षमा लामिछाने




   माघ १७, पोखरा । पोखरा महानगरपालिका वडा न २७    मा अबस्थित जरुवा टोल बिकास  सस्था को अध्यक्षमा तेस्रो कार्यकालमा पनि सीता कुमारी  लामिछाने चयन  हुनु भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै  सामाजिक  कार्यमा पनि उत्तिकै सक्रिय  रहेको टोल बिकास  सस्थाको आज चौथो साधारण सभा तथा  दोस्रो अधिबेशन  बाट लामिछाने  अध्यक्षमा चयन  हुनु भएको  छ। त्यस्तै  सचीवमा नारायणी अधिकारी , उपाध्यक्षमा जानुका भण्डारी, सह सचीव  शोभा पौडेल , कोषाध्यक्ष राधा सापकोटा, सदस्यहरुमा सरस्वती पौडेल ,राधिका लामिछाने , गगा धमला र इन्दिरा अधिकारी  चयन हुनु भएको  छ । कार्यक्रममा सल्लाहकार बुद्धिराज लामिछाने, इन्द्र्जी अधिकारी लगायतको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नब निर्बाचित  सचिब नारायणी  अधिकारीले आफ्नो टोल बाटै पनि नेतृत्व लिदै महिला दिदी बहिनि अझै अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको छ । त्यस्तै  नबनिर्बाचित अध्यक्ष लामिछानेले आउदो दिनमा टोल बिकास सस्थालाई अझै ससक्त रुपमा  अगाडि  बढाउदै महिला  दिदी बहिनिलाई एकजुट  र संगठित रुपमा सामाजिक कार्यमा पनि अगाडी बढाउने कुरामा  जोड दिनु भयो ।

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)