पो. वि मा नेविसंघको अनशन जारी आज २१औं दिन

 

पोखरा,२८ साउन ।         पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको पद पूर्तिको माग गर्दै नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसन अझै जारी रहेको छ । अनसनको आज २१दिन पुरा भएको छ । २१दिन सम्ममा नेपाल विद्यार्थी संघका १५० बढी विद्यार्थीहरु अनसन बसीसकेका छन् ।

 विश्वविद्यालय नेतृत्वविहीन भएपछि पठनपाठनमा समस्या भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने उनीहरुको माग छ । विगत १० महिनायता उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको पठनपाठनले गति लिन नसकेको रिले अनसनमा बसीरहेका नेबिसंघका  नेता युनिक लम्सालले बताउनुभयो । आफुहरुले बाध्य भएर अनसन बस्नुपरेको उहाँको भनाई छ ।

नेबिसंघको यो अनसनमा विभिन्न संघसंस्था र संगठनहरुले ऐकेवद्धता जनाएका छन् । केहि दिन अघि मात्रै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी पुर्व मन्त्री यत्रबहादुर थापा सहित कास्की काँग्रेसले पनि अनसनमा ऐकेवद्धता जनाएको ने वि संघका नेता सुनिल तिमिल्सिना  बताएका छन् ।

 बिद्यार्थी नेता राजिव भण्डारीले  सरकारको कमजोरीले विद्यार्थीलाई मर्का पार्न नहुने बताए । नेता  भण्डारीले विद्यार्थीको भविष्य नसोच्ने सरकारले देश र जनताको भविष्य सोच्न नसक्ने बताए ।

 शैक्षिक थलोमा नियुक्त गर्नुपर्ने पदमा ढिला गर्दा उत्पन्न हुने परिस्थिति सरकारले नै व्यहोर्नुपर्ने चेतावनी दिए 

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)