अक्सन हिरो गोर्खाली ब्लास्टर्स लिगकै प्रवल दाबेदार
यहीँ आउदो चैत ९ गतेदेखि पोखरा रंगशालामा पोखरा युनिभर्सिटी क्रीकेट लिग सुरु हुँदै छ। ८ टिमले भाग लिने यो खेलमा हरेक टिममा एक जाना राष्टिय खेलाडी, इम्प्याट खेलाडी र गण्डकी प्रदेशका विकसित खेलाडी र नेपाल भरका पोखरा बिश्वबिद्धालयसङ्ग सम्बन्धन प्राप्त ६६ कलेजका खेलाडी सामेल गरि १४ खेलाडी हुन पर्नेछ।
खेलको पुर्वसन्ध्यामा चैत्र २९ गते सम्पुर्ण कलेजबाट छनिएर आएका १०६ जाना खेलाडीको अक्सन भएको थियो र सबैको अँखा थियो अक्सनका धनी टिम गोर्खाली ब्लास्टर्समा।अक्सनमा अन्य ७ टोलि सङ्ग मात्र ४५ पोइन्ट थियो भने गोर्खाली ब्लास्टर्स सङ्ग ६० पोइन्ट थियो। सबै भन्दा महङ्गो १५ पोइन्टमा २ खेलाडी किनेको गोर्खालीले थोरै पोइन्ट खर्चेर प्रकाश बराल र दिनेश चापागाईं जस्ता महच्वपुर्ण खेलाडी किन्दै आफुलाई निकै चतुराईको साथ अक्सनको हिरो साबित गरेको थियो।
त्यसो त पि यु सि एलमा पहिलो बर्ष भागलिन लागेको यो टोलि आफैमा परिचित छ किनकी गोर्खाली ब्लास्टर्सका मालिक सङ्हर्श कोइराला र हेमन्त पाण्डे आफैमा परिचित नाम हो। कल्बका मालिकका रुपमा देखिएका दुबैजानाले आफुलाई सफल रजनितिज्ञ, ब्यवसायी र समाजसेवीका रुपमा स्थापित गरिसकेका छ्न। यति मात्र हैन पोख्रेली युवाहरुमाझ लोकप्रिय, पछिल्लो समय निकै चर्चामा रहेका टेनिस श्रेष्ठ गोर्खाली ब्लास्टर्सका अध्यक्षको रुपमा देखिएका छन्। सायद यहि कारण हुनसक्छ गोर्खाली ब्लास्टर्स्ले कुनै कुरामा आफुलाई कम्जोर देखाएको छैन।
यहि चैत्र १ गते आफ्नो टिमको कोचको रुपमा गण्डकी प्रदेश क्रीकेट टिमका कोच रिजन प्रजुलाई अनुबन्ध गरिसकेको गोर्खाली ब्लास्टर्सले चैत्र २ गतेनै राष्टिय खेलाडीमा लुम्बिनी प्रदेशका क्याप्टेन कृष्ण कार्की, इम्पाक्ट खेलाडीमा देशकै भविस्य मानिएको बिपिन रावल र बिकसित खेलाडीको रुपमा गण्डकी प्रदेशकै परिचित खेलाडी अभिषेक थापालाई अनुबन्ध गरेको गोर्खाली ब्लास्टर्सका अध्यक्ष टेनिस श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार टिम क्पाप्टेनका लागि विद्यार्थीहरुबाटै आएका खेलाडीलाई जिम्मा दिने तयारी बोर्डले गरेको तर अझै कस्लाई दिने भन्ने बारे छिनोफानो भै नसकेको जानकारी गराउनु भयो तर टिम क्याप्टेनका लागि प्रवल नाम टिमकै मार्क्यु खेलाडी अनिश राजभण्डारी उर्फ "माइलो" को आएको टिमका फाइन्यान्स म्यानेज शुलभ न्यौपानेले हामिलाई जानकारी दिनु भयो। माइलो पोखरा इन्जिनिएरिङ्ग कलेज क्रीकेट टिमको बिगत ३ बर्ष देखिको क्याप्टेन हुन।
टिमले चैत्र २ गते देखिनै ट्रेनिङ्ग सुरु गरिसकेको छ। राझधानी बाट ४ गते आएर ५ गते देखि अन्य ५ खेलाडीले टिम जोइन गर्नेछन। अभिषेक थापाले ६ गते ट्रेनिङ्ग जोइन गर्ने छन भने कृष्ण कार्की र बिपिन रावलले ८ गते मात्र ट्रेनिङ्ग जोइन गर्ने जानकारी गोर्खाली ब्लास्टर्सका म्यानेज कृष्ण ढकालले बताउनु भयो। "सबै कुरा सोचे अनुरुप चलेको छ, प्रतिष्ठित कोच र खेलाडी हामी सङ्ग छन, गोर्खालि ब्लास्टर्स यो लिगको प्रवल दाबेदार हो, हामी लिग जित्नेमा बिस्वस्त छौ।"क्लब्का कोवोनर ग्यानेन्द्र त्रिपाठिले बताउनु भयो।

Comments
Post a Comment