Posts

Showing posts from June, 2020

ने बि संघ कास्की द्वारा PABSON र NPABSON कास्की अध्यक्षलाई ज्ञापन पत्र

Image
९ आषाढ पोखरा । नेपाली विद्यार्थी संघ कास्की द्वारा कोरोना प्रकोपका कारण बन्द रहेका शैक्षिक संस्था सुचारू नभएसम्म अवधिको कुनै पनि प्रकारको शुल्क नतिर्न अभिभावकहरूलाई आग्रह गर्दौ र कुनै पनि बहानामा कुनै पनि शैक्षिक संस्थालाई शुल्क नऊठाऊन अनुरोध सहित PABSON र NPABSON कास्की अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ। नेपाल विद्यार्थी संघ कास्की का निबर्तमान अध्यक्ष बिकास थापा द्वारा हास्ताक्षर गरिएको बिज्ञपति मा निजी विद्यालय सञ्चालकहरूलाई लकडाउनको अवधिमा कुनै शुल्क नलिन र लिएको शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएका छन । व्याब्सन र एनप्याब्सनले विगत ३ महिनादेखि बन्द रहेको विद्यालयहरूले यसबीचको शुल्क चुक्ता गर्न अभिभावकहरूलाई गरेको अपील हास्यास्पद र भत्सर्नायोग्य रहेको अध्यक्ष थापाले बताएका बताएका छन्। व्याब्सन र एनप्याब्सनका अध्यक्ष लाई बिज्ञपति बुझाउने कार्यक्रममा ने बि संघ कास्की जिल्ला निबर्तमान सचीव संघर्श कोइराला , ने बि संघ कास्की का नेता हरु सागर रानाभाट निरोज लामिछाने ,टेनिस श्रेष्ठ ,राजिब भन्डारी, राजन भन्डारी, फिरोज सुबेदि , बिपिन पौडेल, सरस्वत न्यौपाने लगाएतको उपस्तिथि रहेको थियो । ...

स्कुल अफ डेमोक्रेसी स्याङ्जाको अध्यक्षमा ईन्जियनियर अनुप श्रेष्ठ

Image
५ असार पोखरा: स्कुल अफ डेमोक्रेसी स्याङ्जाको अध्यक्षमा ईन्जियनियर अनुप श्रेष्ठ मनोनित हुनुभएको छ । श्रेष्ठलाई स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष नैनसिंह महरले स्याङजाको अध्यक्षमा मनोनित गर्नुभएको हो । लोकतान्त्रिक मूल्य र मान्यता एवं प्रक्रियाका बारेमा सिक्ने र सिकाउने उपयुक्त फोरमको रुपमा स्कुल अफ डेमोक्रेसीलाई विकास गर्ने लक्ष्य राखिएको छ । नेपालमा क्रियाशिल राजनितीक दलहरु, सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्धेश्यले स्थापित स्कुल अफ डेमोक्रेसी प्रदेश र जिल्ला तहमा पुग्नेगरी आफनो संरचना विस्तार गरेको हो । नेविसंघका निवर्तमान अध्यक्ष महरले नेतृत्व गरेको स्कुल अफ डेमोक्रेसी नेपालले मुलुक भित्र तथा बाहिर प्रजातन्त्रको पक्षमा वकालत गर्ने उदेश्यले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । सरकार, राजनैतिक दलहरु र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रकृयालाई प्रभावकारी बनाउन पु¥याउने लक्ष्यले स्थापित स्कुल अफ डेमोक्रेसीले श्रेष्ठलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो । सामाजिक क्रियाकलापका माध्यमबाट प्रजातन...

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

Image
२ असार पोखरा । अहिले समग्र बिश्व लाई नै आक्रान्त बनाइरहेको बिश्व कै साझा समस्या कोरोना भाइरस का कारण ले लकडाउन मा छौं भने यसले सम्पुर्ण मानव जाति लाई नै ठुलो क्षति पुर्याएको छ। समग्र मा हेर्दा बिश्वकै  स्वास्थ प्रणाली को परिक्षा लिइरहएको यस भाइरस ले हाम्रो  देशलाई  पनि  हर तह र तप्का मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ठुलो नोक्सान पुर्याइरहएको छ जस्को प्रत्यक्ष असर स्वास्थ,शिक्षा, आर्थिक,सामाजिक लगायत का सम्पुर्ण क्षेत्र मा देखिइसकिएको र  देखिने क्रम मा छ।एकातिर माथी उल्लेखित गरिएका यावत विषयमा सरकार,प्रतिपक्षी तथा अन्य सरोकारवाला   लगायत निकाय को यथेष्ट  ध्यान जान पर्ने स्थिती हो भने वास्तविक धरातल हेर्ने हो भने माथी उल्लेखित बिबेचना तर्फ ध्यान गएको देखीदैन।                      बरु यस असामान्य परिस्थिति (लकडाउन) का बिच लकडाउन  नहुदा पनि असामान्य लाग्ने खालका राजनीतिक घटना क्रम हरु को अनुभव गर्न पाइरहेका छौं।  सङै रास्ट्रवादी भावना को ग्राफ ज्यामितिय तथा घाताङ्किए(Geomatric, exponentiall...

नेतृत्वको पर्खाइमा पोखरा विश्वविद्यालय

Image
१ असार, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको पोखरा बिश्वबिद्धालयले नेपालको शैक्षिक क्षेत्रमा गर्विलो इतिहास र महत्वपुर्ण योगदान दिँदै आइरहेको एक अग्रणि संस्था भन्ने सबैमा सर्बबिदितै छ। निजी क्षेत्रको सहभागितामा समेत संचालन हुने पोखरा विश्वविद्यालयलमा ४ वटा आंगिक ५८ वटा नीजि र ४ वटा संयुक्त आंगिक कलेजहरु रहेका छन् भने झण्डै ४० हजार विद्यार्थीहरु अध्ययनरत छन् । बिगत ९ महिना अर्थात २०७६ साल आश्विनबाट पोखरा विश्वविद्यालयको उपकुलपति पद औपचारिक रुपमा रिक्त भएको तर २०७६ आषाढ महिना देखि नै उपकुलपति पूर्व अवकाश बिदामा बसेको कारण पोखरा विश्व विद्यालयको अवस्था भद्रगोल रहेको छ। त्यस्तै आज को मिति सम्म आईपुग्दा अन्य महत्वपूर्ण पदहरु जस्तै परीक्षा नियन्त्रक, विभिन्न संकायका डीनहरु र विभिन्न केन्द्र कार्यकारी निर्देशकहरुको पद समेत रिक्त हुँदै गई रहेकाले विश्वविद्यालय लगभग पूर्णरुपमा नेतृत्व बिहिनको अवस्थामा पुगेको छ। सिमित स्रोत र साधनको बाबजुत पनि देशमा सक्षम जनशक्ति उत्पादन गरी सिंगो राष्ट्रको गहनाको रुपमा स्थापित रहेको यस बिश्वबिधालय लामो समय सम्म नेतृत्व बिहिन रहदा दीर्घकालीन रूपमा शैक्...

पोखरा बिश्वबिधालय का बिद्यार्थी अमन केसि ले लेखे नेपाल सरकारलाई खुला पत्र

Image
३१ जेष्ठ पोखरा। नेपाल सरकारलाई खुल्ला पत्र  सम्माननीय प्रधानमन्त्री ज्यु र माननीय शिक्षा मन्त्री ज्यु ,  नेपालको गण्डकी प्रदेशमा एउटा बिश्वबिद्धालय छ ,पोखरा बिश्वबिद्धालय जुन चै नेपाल कै दोस्रो ठुलो बिश्वबिद्धालयको रुपमा चिनिन्छ र तपाईंहरु क्रमश यहाको कुलपति र सहकुलपति हुनुहुन्छ । कामको शिलशीलामा र कार्य व्यस्तताले गर्दा बिर्सनु भयो होला स्मरण गराउन चाहे । अभ यहा त हजुरहरु आउने कुरा भएन र हजुरहरुले नभ्याउने कारणले र बिश्वबिद्धालयलाई चलाउन उपकुलपति र रजिस्ट्रार भन्ने पद बनाउनु भएको छ । तर यो पदहरु चाहिँ ९ महिना देखि रित्तो छ र म जस्ता हजारौं बिद्यार्थी तुहुरा बन्न पुगेका छौ र येति मात्र नभएर बिश्वबिद्धालयका शैक्षिक र प्रशासनिक कामहरु रोकेका छन । धेरै विज्ञप्तिहरु आए प्राध्यापक संघ, कर्मचारी संघ र विद्यार्थी संघहरुको त्यो तपाईं सम्म पुग्यो कि नाइ मलाई थाहा भएन तर पुगे पनि हजुरहरुले वास्थ नगरेको जस्तो मलाई लाग्यो । अझै पनि हजुरहरुले ढिलो गर्नु भयो भने हजुरहरुलाई बिद्यार्थीहरुले अवश्य मुल्यांकन गर्छन र तपाईंहरुलाई थाहा नै छ विद्यार्थी एकता र विद्यार्थी आन्दोलनको शक्ति । अन्तत म हज...

शहिद क्षेत्र बहादुर के सि प्रतिष्ठान द्वारा बिपन्न परिवार लाई राहत बितरण

Image
  २७ जेष्ठ पोखरा | बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस को कारण सरकारले देशलाई पुरै लकडाउन गरेको अवस्थामा पोखरा १४ मनकामना टोलका दैनिक काम गरेर गुजार चलाउने बर्गहरु समस्या परेको कुरा लाई म्ध्यनजर गर्दै अति बिपन्न ४० परिवारलाई छनोट गरि राहात स्वरुप सहिद क्षेत्र बहादुर केसि स्मृति प्रतिष्ठानले खाद्यान्न बितरण गरेको छ। सहिद क्षेत्र बहादुर केसि को १५ औ स्मृती दिबस पारेर आज मनकामना टोलका अति बिपन्न र कहि कतै बाट राहत नपाएका लाइ राजनीति, जाति, धर्म, वर्ग र सम्प्रदाय भन्दामाथि उठेर राहत वितरण गरिएको हो। पोखरा महानगरपालिका वडा नं. १४ सँग समन्वय गरी राहत वितरण गरिएको कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले राहात दाताहरुसँग समन्वय गरी वडामा राहत बाडिरहेको बताए । उनले जन स्तरका संघ, संस्थाबाट स्थानीय सरकारसँग समन्वय गरी यस खालका कार्यक्रम हुनु प्रशंसनीय भएको बताए। स्व. क्षेत्र केसि समाजमा चिर प्रतिस्ठित ब्यक्ती हुनुहुन थियो ।हाल पोखरा महानगरपालिका १४ साबिक पोखरा नगरपालिका वडा न. ३ को वडा अध्यक्ष ३ पटक सम्म , पोखरा नगर उपत्यका को अध्यक्ष र कास्की जिल्ला राप्रपा...

चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि

Image
२६ जेष्ठ चितवन। चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ । चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।

ने वि संघ-पेकले विद्यार्थीको घर भाडा तिर्ने

Image
२३ जेष्ठ पोखरा ।   नेपाल विद्यार्थी संघ-पोखरा इन्जिनिएरिङ्ग कलेज इकाई समितिले जिल्ला बाहिरबाट पढ्न आएका आफ्ना विद्यार्थीहरुको घर भाडा संगठनले तिर्ने घोषणा गरेको छ। आज बिहान एक भिडियो सार्वजनिक गर्दै ने वि संघ पेकका सभापति टेनिस श्रेष्ठले बाहिरी जिल्लाबाट पढ्न आएका विद्यार्थीहरुको घरभाडाको जिम्मा अब ने वि संघले लिने घोषणा गरेका हुन। ने वि संघको स्थापनाकाल देखिनै संगठनले विद्यार्थीका सुख र दुखमा साथ दिएको श्रेष्ठले बाताए। देश र विश्व कोरोना भाइरसको माहामारी सङ्गको लडाइमा अन्य थुप्रै लडाइपनि सङसङ्गै लडिरहेको र यश बेला बाहिरी जिल्लाका विद्यार्थीहरुलाई कोठाभाडा तिर्न समस्या भएको कुरालाई ने वि संघले बुझेको उन्को भनाइ थियो।                                                               ने वि संघले एस्को लागि विद्यार्थी राहत कोष खडा गरेको छ र कोषमा ने वि संघ इकाइले रु १०,०००/- (अक्षरमा रुपैयाँ दस हजार मात्र) सहयोग गर्ने घोषणा ...

दोस्रो चरणको राहात बितरण गर्दौ प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुप!!

Image
२० जेष्ठ पोखरा | बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस को कारण मुलुक लकडाउनमा रहिरहेको बेला प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स गु्रपको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा न. १४ मनकामना टोल का ६० बिपन्न परिवारलाई मंगलवार दोस्रो चरणको राहत उपलब्ध गराइएको छ। मनकामना टोल , खाल्टे मसिना टोल र समितारा टोलका अति बिपन्न र कहि कतै बाट राहत नपाएका लाइ राजनीति, जाति, धर्म, वर्ग र सम्प्रदाय भन्दामाथि उठेर राहत वितरण गरिएको हो। धेरै पटक धेरैले राहत थापेको देख्यौं तर हाम्रो नाम र पालो कहिल्यै आएन । हाम्रा कुरा सुनिदिने कोही छैन जस्तो लागेको थियो तर आज लकडाउनको ७१ दिन पछि पहिलो पटक घर टोलमै राहत आएकोमा खुशी लागेको एक लाभग्राहीले बताइन्। पोखरा इन्जिनियर्स ग्रुपका सल्लाहकार इ. धुर्ब गर्बुजा ले प्रा.डा सूर्यमणि अधिकारी प्राविधिक भएकाले इन्जिनियरहरूले प्रकृतिको दोहन मात्रै होइन संरक्षण गर्नुपर्ने सन्देश दिए । उनले कोरोना भाइसरले हामीलाई हाम्रो संस्कार अवलम्बन गर्न पाठ सिकाएको छ भनेर प्रष्ट पारे । वृद्ध, अशक्त र सुत्केरी तथा राहात पाउन पर्ने ब्यक्ती को खोजि मनोहर युबा क...

थप १३ सहित पुगे १८११ कोरोना संक्रमित

Image
१९   जेठ ,  पोखरा।   स्वास्थ्य   मन्त्रालयले   सोमबार   थप   १३   जनामा   कोरोनाभाइरस   संक्रमण   पुष्टि   गरेको   छ   । स्वास्थ्य   मन्त्रालयका   सहायक   प्रवक्ता   समीर   कुमार   अधिकारीले   विज्ञप्ति   जारी   गर्दै   थप   १३   जनामा   संक्रमण   पुष्टि   भएको   जानकारी   दिए ।   संक्रमितमध्ये   पाल्पाका   २ ,  नवलपरासी  ( पश्चिम )  का   १ ,  गुल्मीका   १ ,  कपिलवस्तुका   ७   र   रुपन्देहीका   २   जनामा   कारोना   संक्रमण   पुष्टि भएको   हो   ।   योसँगै   नेपालमा   कोरोना   संक्रमण   पुष्टि   हुनेको   संख्या   १८११   पुगेको छ। यसअघि   आजैको   नियमित   प्रेस   ब्रिफिङमा   पनि   स्वास्थ्य   मन्त्रालयका   प्रवक्ता   विकास   देवकोटाले   २ ...

२४ घण्टामा थप २२६ जनामा कोरोना

Image
१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस सगैं नेपालमा कोरोनाबाट संक्रमितको संख्या १७९८ पुगेको छ ।