ने वि संघ-पेकले विद्यार्थीको घर भाडा तिर्ने


२३ जेष्ठ पोखरा ।   नेपाल विद्यार्थी संघ-पोखरा इन्जिनिएरिङ्ग कलेज इकाई समितिले जिल्ला बाहिरबाट पढ्न आएका आफ्ना विद्यार्थीहरुको घर भाडा संगठनले तिर्ने घोषणा गरेको छ। आज बिहान एक भिडियो सार्वजनिक गर्दै ने वि संघ पेकका सभापति टेनिस श्रेष्ठले बाहिरी जिल्लाबाट पढ्न आएका विद्यार्थीहरुको घरभाडाको जिम्मा अब ने वि संघले लिने घोषणा गरेका हुन। ने वि संघको स्थापनाकाल देखिनै संगठनले विद्यार्थीका सुख र दुखमा साथ दिएको श्रेष्ठले बाताए। देश र विश्व कोरोना भाइरसको माहामारी सङ्गको लडाइमा अन्य थुप्रै लडाइपनि सङसङ्गै लडिरहेको र यश बेला बाहिरी जिल्लाका विद्यार्थीहरुलाई कोठाभाडा तिर्न समस्या भएको कुरालाई ने वि संघले बुझेको उन्को भनाइ थियो।

   
                                                         


ने वि संघले एस्को लागि विद्यार्थी राहत कोष खडा गरेको छ र कोषमा ने वि संघ इकाइले रु १०,०००/- (अक्षरमा रुपैयाँ दस हजार मात्र) सहयोग गर्ने घोषणा गरेको छ। बिपतको बेला कसैलाई सहयोग गर्नु मानवधर्म हो भन्दै प्रसासन, अन्य विद्यार्थी संगठन, र सम्पुर्ण विद्यार्थीलाई एस कार्यमा सहयोग गर्न उन्ले भिडियो मार्फत आवहान गरेका हुन। श्रेष्ठले कोषमा जम्मा भएको रकम प्रती बेक्ती २५००/- को दरले विद्यार्थीलाई बितरण गरिने जानाकारी गराए। यश कोशमा सहयोग गर्न चाहाने र सहयोग चाहाने बेक्तिले सिधै फोन सम्पर्क गर्न नम्बरपनि सार्वजनिक गरिएको छ।

 सरकारी कर्मचारी परिवारका विद्यार्थीले भने यो सेवा नपाउने कुरा पनि श्रेष्ठले बताए। सभापतिले आफुहरु सधै विद्यार्थीका सहयोगका लागि अग्रपंक्तिमा रहेको र समय र परिस्थिति अनुसार  आफुले सक्ने सहयोग गर्न पछि नहट्ने भन्दै सरकारले लागू गरेका नियमको पालना गर्दै यस महामारी बाट सतर्क रहन आवहान पनि गरेका छ। ने वि संघ पेक ले एस अघि खाद्यान्न बितरण पनि गरेको थियो। पछिल्लो समयमा श्रेष्ठको नेतृत्वमा ने वि संघ, पोखरा इन्जिनिएरिङ्ग कलेजमा विद्यार्थीहरुको  माझ लोकप्रिय भएको पाईएको छ।




Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)