दोस्रो चरणको राहात बितरण गर्दौ प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुप!!

२० जेष्ठ पोखरा | बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस को कारण मुलुक लकडाउनमा रहिरहेको बेला प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स गु्रपको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा न. १४ मनकामना टोल का ६० बिपन्न परिवारलाई मंगलवार दोस्रो चरणको राहत उपलब्ध गराइएको छ। मनकामना टोल , खाल्टे मसिना टोल र समितारा टोलका अति बिपन्न र कहि कतै बाट राहत नपाएका लाइ राजनीति, जाति, धर्म, वर्ग र सम्प्रदाय भन्दामाथि उठेर राहत वितरण गरिएको हो। धेरै पटक धेरैले राहत थापेको देख्यौं तर हाम्रो नाम र पालो कहिल्यै आएन । हाम्रा कुरा सुनिदिने कोही छैन जस्तो लागेको थियो तर आज लकडाउनको ७१ दिन पछि पहिलो पटक घर टोलमै राहत आएकोमा खुशी लागेको एक लाभग्राहीले बताइन्। पोखरा इन्जिनियर्स ग्रुपका सल्लाहकार इ. धुर्ब गर्बुजा ले प्रा.डा सूर्यमणि अधिकारी प्राविधिक भएकाले इन्जिनियरहरूले प्रकृतिको दोहन मात्रै होइन संरक्षण गर्नुपर्ने सन्देश दिए । उनले कोरोना भाइसरले हामीलाई हाम्रो संस्कार अवलम्बन गर्न पाठ सिकाएको छ भनेर प्रष्ट पारे । वृद्ध, अशक्त र सुत्केरी तथा राहात पाउन पर्ने ब्यक्ती को खोजि मनोहर युबा कल्बका कोषाध्यक्ष सैलेष बानिया, मनकामना टोल बिकास सस्था का अध्यक्ष रामचन्द्र केसि र मसिना टोल विकास का अध्यक्ष लक्षमण गुरुङ ले गरेका थिए ।प्रतिष्ठानका संरक्षक कपिलनाथ कोइरालाको उपस्थित रहेको यस कार्यक्रममा पोखरा इन्जिनियर्स ग्रुपका ई.शक्ति बरुवाल ले कार्यक्रम संचालन गरेका थिए भने प्रतिष्ठानकी अध्यक्ष इन्दिरा अधिकारीले कोइरालाले सहभागी र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिन फेरि पनि अर्को चरणको राहत बितरण कार्यक्रम लिएर आउने बताइन् ।

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)