चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि


२६ जेष्ठ चितवन। चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





 भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ । चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)