तनहुमा नयाँ र स्याङ्गजामा पुन थपिए कोरोनाको बिरामी
१८ जेष्ठ पोखरा: बिश्व भरि महामारीको रुपमा फैलिएको कोविड-१९ अर्थात् कोरोना भाइरस नेपाल को तनहुमा पनि देखिएको छ | गण्डकी प्रदेश सरकार स्वास्थ्य निर्देशनालाय रामघाट पोखराले आज बिहान १०:४५ बजे प्रेस बिज्ञप्ति निकाल्दै जानकारी गराएको छ | ऋषिङ्ग गाउपलिका ठेगाना भै क्वारेन्टाइनमा रहनुभएका बर्ष २८ का एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ | साथै स्याङ्गजा जिल्ला गल्याङ्ग नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थीत क्वारेन्टाइनमा रहनुभएका बर्ष २७ र ४० का २ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टी भएको छ | वहाहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पताल लैजाने तयारी भएको छ| यस संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमीतको संख्या २४ पुगेको छ |

Comments
Post a Comment