Posts

Showing posts from January, 2021

जरुवा टोल बिकास सस्था अध्यक्षमा लामिछाने

Image
   माघ १७, पोखरा । पोखरा महानगरपालिका वडा न २७    मा अबस्थित जरुवा टोल बिकास  सस्था को अध्यक्षमा तेस्रो कार्यकालमा पनि सीता कुमारी  लामिछाने चयन  हुनु भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै  सामाजिक  कार्यमा पनि उत्तिकै सक्रिय  रहेको टोल बिकास  सस्थाको आज चौथो साधारण सभा तथा  दोस्रो अधिबेशन  बाट लामिछाने  अध्यक्षमा चयन  हुनु भएको  छ। त्यस्तै  सचीवमा नारायणी अधिकारी , उपाध्यक्षमा जानुका भण्डारी, सह सचीव  शोभा पौडेल , कोषाध्यक्ष राधा सापकोटा, सदस्यहरुमा सरस्वती पौडेल ,राधिका लामिछाने , गगा धमला र इन्दिरा अधिकारी  चयन हुनु भएको  छ । कार्यक्रममा सल्लाहकार बुद्धिराज लामिछाने, इन्द्र्जी अधिकारी लगायतको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नब निर्बाचित  सचिब नारायणी  अधिकारीले आफ्नो टोल बाटै पनि नेतृत्व लिदै महिला दिदी बहिनि अझै अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको छ । त्यस्तै  नबनिर्बाचित अध्यक्ष लामिछानेले आउदो दिनमा टोल बिकास सस्थालाई अझै ससक्त रुपमा  अगाडि  बढा...

स्कुल अफ डेमोक्रेसी विरुवा गा.पा. को अन्तरक्रिया कार्यक्रम

Image
१६ माघ।  स्कुल अफ डेमोक्रेसी विरुवा गा.पा.स्याङ्जाको आयोजनामा सहिद दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  "लोकतन्त्र  प्राप्तिका लागि सहिदहरुले खेलेको भुमिका" विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस बिरुवा गा.पा.सभापति एंव वडा नं.१का वडा अध्यक्ष श्री युवराज के.सी.प्रमुख आति्थि र sod स्याङ्जाका जिल्ला सभापति अनुप कुमार श्रेष्ठ ,sod जिल्ला सदस्य रिता गुरुङ ,sod प्रदेश क्षेत्र न.१क संयोजक रिमल नेपालीको सहभागी विरुवा गा.पा.संयोजक रिम बहादुर गुरुङ ज्युको अध्यक्षतामा सम्पन्न भएको छ।

कुनै पनि ब्यवसाय सानो हुदैन - किरण श्रेष्ठ

Image
७ माघ। गोर्खा मिलन समाज पोखराका सल्लाहकार , मुद्रण उद्धोग संघ कास्कीका वरिष्ठ उपाध्यक्ष , लायन्स क्लब अफ पोखरा संगमको निवर्तमान अध्यक्ष र रोजिना अफसेट प्रेसका संचालक किरण श्रेष्ठ (गिर बाहादुर) ज्युले आज २०७७/१०/७ गते गोर्खालि रेडियो १०६ मेघाहर्जको प्रस्तुति "योग चर्चा" नामक कार्यक्रममा योग अभ्यासको बारेमा र ब्यापार ब्यवस्थापनका बारेमा कुराकानी गर्नु भयो। आजको ब्यस्त जीवन शैलीका कारण आल्सय हुने र थकित हुने शरीरलाई योगको माध्यमबाट हर समय फ़ुर्तिलो बनाउन सकिने कुरा बताउनु भयो। बिगत ४ बर्षदेखि योगमा लागेको उनले योगकै माध्यम बाट दैनिक कार्यब्येस्थतालाई सहज बनाउन सकिने र आफू र समाज परिवर्तनमा योगको ठुलो भुमिका रहेको कुरापनी बताउनु भयो।  सफल ब्यवसायी श्रेष्ठले कुनै पनि ब्यवसाय सानो नहुने र धैर्यतानै ब्यवसाय सफलताको मुल मन्त्र हो भन्ने कुरा पनि प्रष्ट पार्नु भयो। आफ्ना पुराना दिन सम्झदै रु ३५०० बाट सुरु गरेको आफ्नो ब्यवसाय आजको दिनमा ५ करोड सम्मको भएको सुनाउदै केहि भाबुक हुनु भएको थिए। २५ जाना कामदारलाई रोजगार दिलाएर समाज उथ्थानमा महच्वपुर्ण भुमिका खेल्न पाएकोमा आफुलाई भाग्यमानी ठाने...