Posts

Showing posts from September, 2022

गण्डकी प्रदेशको पहिलो ISO Certified सिभिल ल्याबको १ बर्ष पुरा

Image
पोखरा, असोज १। गण्डकी प्रदेशको राजधानी  पोखरामा पहिलो  पटक , ISO 9001:2015 Material  Testing civil ल्याब संचालन आएको आज १ बर्ष पूरा भएको छ । अन्नपूर्ण टेक्नो सोलुसन्स प्रा लि . नामक उक्त ल्याब  २०७८ आश्विन १ गते देखि सन्चालन मा आएको थियो । उक्त ल्याबमा माटो परिक्षण का साथ साथै विभिन्न भौतिक  निर्माणमा प्रयोग  हुने सम्पुर्ण सामाग्रीहरु जस्तै सिमेन्ट , डन्डी , गिट्टी , बालुवा , इट्टा  लगाएतका सामाग्रीको परिक्षण  हुने गरेको छ । गण्डकीको सेरोफेरोमा रहेका  केही सिभिल  इन्जिनियरहरु मिलेर सन्चालनमा ल्याएको  उक्त ल्याबको मुख्य  कार्यलय पोखरा ०८ बगाले टोलमा रहेको छ । कम्पनी रजिस्ट्रार  कार्यलय हुदै कर कार्यलयमा दर्ता गरि गुणस्तर  तथा नाप तौल बिभाग  र पुल्चोक  इन्जिनियरिङ्ग क्याम्पस बाट मान्यता  प्राप्त गरि उक्त  ल्याब सन्चालन मा आएको सन्चालक ई. बिशाल  बरालले  बताए । अन्तर्राष्ट्रिय  सस्था Iso बाट समेत स्वीकृत  लिई गण्डकी  प्रदेशमै पहिलो पटक ISO 9001:2015 certified   ल्याब सन्चा...

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

Image
पोखरा, २५ भाद्ग। गोर्खा जिल्ला घर भै ब्यबसाय, शिक्षा, पेसा वा विभिन्न कारणले पोखरामा बस्दै आएका गोर्खालीहरुको साझा संस्थाको रुपमा रहेको गोर्खा मिलन समाजले आज आफ्नो २३ औं साधरणसभा र १२ औं अधिवेशन सम्पन्न गरेको छ। २०५६ सालमा गोर्खालीहरुको भाइचारा र आपसी सहयोगको लागि स्थापना भएको यो संस्थाले पोखरामा रहेका गोर्खालीको लागि सधैं दिन रात तत्पर रहेर सहयोग गर्दै अघि बढेको छ। पोखरा रास्ट्र बैंक चोक स्थित मझेरी फुड्ल्यान्डमा भएको अधिवेशनको अध्यक्षता कपिल पोखरेलले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश उर्जा तथा जलश्रोत मन्त्री माननीय हरिशरण आचर्यज्युको उपस्तिथि थियो।१२ औ अधिवेसनले एतिहासिक कार्यसमिति निर्माण गरेको छ। संस्था निर्माणको २४ औं बर्शमा पहिलो पटक गोर्खा मिलन समाजको नेतृत्व महिलाको हात परेको छ। १२औं अधिवेशनले गोर्खा मिलन समाजको अध्यक्षमा कोपिला श्रेष्ठको टिमलाई सर्वसहम्मत निर्वाचित गरेको छ। कार्यक्रम संचालन कार्यसमिति महासचिव अग्रिम श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रममा अध्यक्ष कपिल पोखरेल, महासचिव अग्रिम श्रेष्ठ र कोषअध्यक्ष शितल श्रेष्ठले आफ्नो प्रतिवेदन पेस गरेका थिए ...